नियम ४५
परीक्षा र विज्ञापन रद्द गर्न सक्ने
(१) परीक्षा सञ्चालन हुँदाका बखत परीक्षा केन्द्रमा कुनै प्रकारको गडबडी भएमा, कुनै बाधा अवरोध खडा भएमा वा परीक्षा सञ्चालन हुन नसकेमा आयोगले सो दिनको परीक्षा कारण जनाई रद्द गर्न सक्नेछ ।
(२) कुनै पनि परीक्षामा अनियमितता भएमा आयोगले त्यसको कारण जनाई सोसँग सम्बन्धित विज्ञापन रद्द गर्न सक्नेछ ।